Kath Khabar
अध्यक्ष पुष्पकमल दाहाल आउन दिइएको सार्वजनिक बिदा  नगरपालिकाले सच्चाइयो

काठमाडौं, मंसिर १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट स्वास्थ्य केन्द्र उद्घाटन गर्ने भन्दै दिइएको सार्वजनिक बिदा महोत्तरीको रामगोपालपुर नगरपालिकाले सच्याएको छ। अध्यक्ष दाहालबाट स्वास्थ्य केन्द्र उद्घाटन गर्ने भन्दै दिइएको सार्वजनिक बिदामा त्रृटि देखिएको नगरपालिकाले जनाएको छ ।

मंगलबार जारी गरेको सूचनामा भुलवश सार्वजनिक बिदा दिने उल्लेख भएको भन्दै मेयर अशोककुमार मण्डलले बुधबार विज्ञप्ति निकालेर समा चकेवाका लागि बिदा दिने उल्लेख गर्नु भएको छ।

उहाँले समा चकेवाको अवसरमा भने बिदा दिने निर्णय भएको बताउनु भयो। बुधबार र बिहीबार नगरपालिकाभित्रका शैक्षिक संस्था बिदा हुने  छ।

यसअघि नगरपालिकाले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि भन्दै आज सार्वजनिक बिदा दिने सूचना राखेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update