Kath Khabar
कांग्रेस अधिवेशनः बैतडीमा  मत गनिरहेका समयमा टाउकोमा बोतल प्रहार

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत बैतडीमा भएको चुनावको मतगणना भइरहेका बेला ‘बोतल प्रहार’ भएको छ।

शनिबार राति शाहीलेकस्थित मतगणनास्थलमा मत गनिरहेकै बेला अज्ञात समूहले बोतल प्रहार गर्दा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय (बैतडी) ले जनाएको छ।

प्रदेश सभा (२) को मतगणना भइरहेका बेला मतगणनास्थलमा बर्साएको ‘रक्सी बोतल’ले लागेर दशरथचन्द नगरपालिका–६ का कांगेस नेता अर्जुन रावल घाइते हुनु भएको छ ।
घाइते रावलको टाउकामा चोट लागेको छ। उहाँको अहिले जिल्ला अस्पताल (बैतडी) मा उपचार भइरहेको छ।

‘आक्रमण कसले गर्यो भन्नेबारे अझै खुलेको छैन। उनीहरूको खोजी कार्य भइरहेको छ प्रहरीको भनाई छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update