Kath Khabar
डा.बाबुराम भट्टराईको ट्वीटरमा ‘ट्वीस्ट’

काठमाडौं, मंसिर ६। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आइतबार बृहत शान्ति सम्झौता र जनयुद्धलाई उच्च सम्मान व्यक्त गर्नु भएको छ । आइतबार  बृहत शान्ति-सम्झौताको १५ वर्ष पुगेको भन्दै उहाँले बृहत शान्ति–सम्झौता १५ वर्ष पुगेको सन्दर्भमा जनयुद्ध र पूरक आन्दोलनमा रुपमा उठेका मधेसविद्रोह/थारु विद्रोह लगायतका सबै क्रान्तिकारी आन्दोलनका शहिद, बेपत्ता, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्नु भयो ।

‘बृहत शान्ति-सम्झौता १५ वर्ष पुगेको सन्दर्भमा जनयुद्ध र पूरक आन्दोलनमा रुपमा उठेका मधेसविद्रोह/थारु विद्रोह लगायतका सबै क्रान्तिकारी आन्दोलनका शहिद, बेपत्ता, घाइतेप्रति उच्च सम्मान । सत्यनिरुपण तथा मेलमिलाप, वेपत्ता सम्वन्धी आयेगका काम छिट्टो पूरा गरौं, ती माथि छुद्र राजनीति कसैले नगरौं’, उहाँले ट्वीट गर्नु भएको छ ।

यसरी उहाँले विगतको राजनीतिलाई उच्च सम्मान गर्नु भएको त्यही राजनीतिलाई करिब ४८ घण्टा नबित्दै गाली गर्नु भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष भट्टराईले माओवादी केन्द्रलाई विचार र बहस बिनाको पार्टी सास बिनाको लास सरह हो भन्नु भएको छ । ‘विचार र बहस बिनाको पार्टी जति ठुलो  भए पनि सास बिनाको लास मात्र हुन्छ । ढिलोछिटो कुहिने मात्र हो, जसरी सोभियत संघ, पूर्वी युरोपमा भएको थियो । बेलैमा चेतौं, एक्काइसौं शताब्दीमा नयाँ समाजवादको मोडलबारे बहस गरौं । नयाँ समाजवादी ध्रुवीकरणको पहल गरौं, भोलि ढिलो होला’, उहाँले ट्वीटमा भन्नु भएको छ ।

यसरी उहाँले विगतमा अगाँल्नु भएको राजनीति अर्थात् माओवादी केन्द्रलाई मोडल परिवर्तन गर्न व्यक्त गर्नु भएको धारणले , हिजो आफूले गरेको राजनीति ठीक थिएन भन्नु हो ।  

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update