Kath Khabar
अर्घाखाँची कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

अर्घाखाँची, मंसिर ८ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा युवा नेता केशव श्रेष्ठ निर्वाचित हुनु भएको छ ।  । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय श्रेष्ठ ७ सय ३१ मत ल्याएर सभापतिमा विजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी इन्द्रमणि पौडेलले ३ सय ५२ मत ल्याउनु भयो भने यादवप्रसाद घिमिरेले ३ सय ९ मत प्राप्त गर्नु भयो।

शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, मानबहादुर विश्वकर्मालगायतले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका शीर्ष नेताको समर्थन रहेको थियो । पौडेल पक्षकै इन्द्रमणिलाई शीर्ष नेताको साथ थिएन । उहाँ नेताको समर्थनबिना एक्लै चुनावै मैदानमा भिडेर सभापतिमा दोस्रो मत ल्याउनु भएको हो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update