Kath Khabar
माओवादी केन्द्रका नेता टंकमणिको सवारी दुर्घटनामा ज्यान गयो

काठमाडौं, मंसिर ८ ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको बताइएको छ । दाङमा घाइते अपांगको बैठकमा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दुर्घटना भएको थियो ।

बञ्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरीले जानकारी दिएको छ ।
 
अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update