प्यूठान कांग्रेसको सभापतिमा विष्णु गिरी निर्वाचित

बुटवल, मंसिर ८ । नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित हुनु भएको छ । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी हुनु भएको हो । गिरि रामचन्द्र पौडेल निकट नेता हुनुहुन्छ ।
सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५६६ मत ल्याए भने रिजालले ४९४ मत प्राप्त गर्नु भएको थियो । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गर्नु भएको थियो ।
उहाँले २०५५ सालमा नेविसंघबाट राजनीति सुरु गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय