एमाले महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन जाँदै

काठमाडौं, मंसिर १०।एमाले महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन जाँदै हुनुहुन्छ । उहाँ अहिले केहिबेरमाहेलिकोप्टरमार्फत चितवन महाधिवेशनलाई सम्बोधन गर्न जान लाग्नु भएको हो ।
आइतबारदेखि शुक्रबार हुने उक्त महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता र कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् ।
चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय