Kath Khabar
सभापतिमा चारजनाको नाम दर्ता

दाङ, मंसिर ११ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराउनु भएको छ। संस्थापन पक्षधबाट तीन  र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम  दर्ता गराउनु भएको हो ।

 निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको हो  । उहाँहरू तीनैजना संस्थापन पक्षका हुुनुहुन्छ ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का  शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराउनुभएको छ । उहाँ हालका जिल्ला सचिव हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update