सभापतिमा चारजनाको नाम दर्ता
काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।
निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको हो ।
त्यस्तै दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले पनि मनोनयन दर्ता गराउनुभएको छ । उहाँ हालका जिल्ला सचिव हुनुहुन्छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय