Kath Khabar
कांग्रेस दार्चुलाको सभापतिमा पुन: बोहरा

काठमाडौँ, मंसिर ११ । कांग्रेस दार्चुलाको जिल्ला सभापतिमा ललितसिंह बोहरा दोहोरिनु भएको छ। १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले बोहरालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।


बोहरा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता हुनुहुन्छ । जिल्ला अधिवेशनमा ९५६ मत खसेको थियो । त्यसमध्ये बोहराले ६२० मत पाउनु भयो  भने अर्का प्रत्यासी अमरसिंह धामीले ३०९ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, उपसभापतिमा महादेव बडू र ललितसिंह ठगुन्ना निर्वाचित हुनु भएको छ । सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट तथा सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी निर्वाचित हुनु भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update