Kath Khabar
कास्की सभापतिमा बराल निर्वाचित

पोखरा, मंसिर १२ । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित हुनुभएको छ। दुई पटक भएको मतदानपछि बराल कास्की सभापतिमा बराल निर्वाचित हुनु भएको छ ।

शुक्रबार भएको मतदानको परिणाम अनुसार ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार फेरि किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच मात्रै प्रतिस्पर्धा रहने गरी मतदान भएको थियो। बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गर्नु भएको थियो, १९२६ मत खसेको थियो।

नेपाली कांग्रेसको विधानले जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था गरेको छ। शुक्रबारको मतदानबाट ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ मत ल्याएका सुदीपमोहन भट्टराईबीच शनिबार निर्वाचन भएको हो। बराल र भट्टराईबीच १ सय ७५ मतको फरक थियो।

कास्की कांग्रेसमा २०८८ मतदाता थिए। पुनः मतदानमा शनिबार १९२६ मत खसेको थियो। शुक्रबार २ हजार २५ जनाले मात्रै मतदान गर्नु भएको थियो । ४७ मत भने बदर भएको थियो। नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ।

शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो तथा भट्टराईभन्दा केवल ७ मत कम आउँदा आइबहादुर गुरुङ तेस्रो बन्नु भयो । केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित हुनु भयो।

चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत प्राप्त गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update