Kath Khabar
गेटमा पर्चा बाँड्दै भीम रावलपक्ष, ओली पक्षको अवरोध

सौराहा, मंसिर १२ । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलपक्षले प्रचारप्रसार तीव्र पार्नु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीपक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहँदा रावलपक्षले अध्यक्षमा मत माग्न थालेका हुन्। रावलपक्षले गेटमा बसेर प्रतिनिधिहरुलाई पर्चा बाँडिरहेका छन्। तर, मूल गेटमा भने पर्चा बाँड्न नदिएर लखेटिएको रावलपक्षले गुनासो गर्नु भएको छ।

यता ओलीपक्षका प्रतिनिधिहरुले भने रावलको पर्चा बाँडिएकोप्रति भन्दै विरोध जनाएका छन्।

महाधिवेशनको बन्दसत्रले शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली पेस गर्ने अधिकार दिएको थियो। त्यसअनुरुप आज ओलीले केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने तयारी गरेका छन्।  तर, रावलले भने सहमतिको कुरा राम्रो भए पनि प्रतिस्पर्धा हुन नदिनु ठीक नभएको बताएका छन्। उनले बन्दसत्रमा समय लिएर बोल्दै आफू अध्यक्षको उम्मेदवार भएको र त्यसबाट पछि नहट्ने अडानमा कायम रहेको बताएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update