Kath Khabar
अध्यक्ष ओलीद्धारा प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

सौराहा, मंसिर १३ । नेकपा (एमाले) को सौराहामा जारी  १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गर्नुभयो  ।

उहाँले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । पदाधिकारीमा अध्यक्ष ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल हुनुहुन्छ । यसैगरी  उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ  र  विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी  महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल  तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update