Kath Khabar
ओलीका पदाधिकारी सदस्यमा विश्वासपात्र गोकुल बाँस्कोटा र महेश बस्नेत अटाउनु भएन

चितवन, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गर्नु भयो । अध्यक्ष ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताउनु भयो । तर अध्यक्ष ओलीको विश्वासपात्रको रुपमा हेरिने गोकुल बाँस्कोटा र महेश बस्नेतको नाम भने पदाधिकार सदस्यमा अटाउन सकेन ।

पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकांक्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाउनु भएको हो ।

ओलीले बन्दसत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बाँस्कोटा र बस्नेतको नाम लिनु भएन । यद्पि बाँस्कोटा र बस्नेत दुवै सचिवका दावेदार मानिदै आएको थियो भने चुनावी लबिङमा समेत उत्रिनु भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update