Kath Khabar
आफू अध्यक्ष सहित ओलीले छनौट गर्नु भयो १९ पदाधिकारी

काठमाडौं, मंसिर १३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनौट गर्नु भएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा गएराति अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्यसँगै १९ जना पदाधिकारीको नाम सार्वजनिक गर्नु भएको हो। जसमा आफूलाई अध्यक्षमा राख्नु भएको छ।

त्यस्तै, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा चुन्नु भएको छ। वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङलाई उपाध्यक्षमा राख्नु भएको छ । यस्तै, नेता भीम रावल र घनश्याम भुसाल भने सो पदाधिकारीको सूचीमा छनौट गरिएको छैन ।

महासचिवमा दाबी गर्दै आएका विष्णु पौडेललाई पनि उपाध्यक्षमा राखेका छन्। त्यस्तै, रामबहादुर थापालाई पनि उपाध्यक्ष चुनेका छन्।

ओलीले छनौट गर्नु भएको  पदाधिकारीको सूची

अध्यक्षः केपी शर्मा ओली।

वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल।

उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ।

महासचिवः शंकर पोखरेल।

उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल।

सचिव : टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल।
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update