ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

ललितपुर, मंसिर १३ । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ६६५ मत पाउनु भएको छ । सभापतिमा निर्वाचित श्रेष्ठ सभापति शेरबहादुर देउवा निकट मानिन्छ । श्रेष्ठलाई युवा नेता उदयशम्शेर राणाको समर्थन रहेको थियो ।
उहाँको प्रतिद्धन्द्धी रामकृष्ण चित्रकार पराजित हुनु भएको छ । चित्रकारले ६५३ मत प्राप्त गर्नु भएको थियो । चित्रकारलाई ललितपुर कांग्रेसका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यको समर्थन थियो ।
ललितपुर कांग्रेसको निर्वाचनमा १ हजार ३ सय २१ मत खसेको थियो । पहिलो चरणको सभापति निर्वाचनमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको निर्वाचन भएको थियो । अमात्यको व्यवहारबाट ललितपुर कांग्रेसका अधिकारीहरु रुष्ट थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय