Kath Khabar
ओली पक्षधरले भीम रावल पक्षधरलाई भोट नहाल्न भन्दै बाँडियो पर्चा

चितवन, मंसिर १४ ।  नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ।

चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो । पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा भनिएको छ। पर्चा ओली पक्षधरले बाँडेको आरोप समेत लागेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update