Kath Khabar
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न, मतदानमा सबै सदस्य सहभागी हुनु भएन

चितवन, मंसिर १४ । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा दुई हजार एक सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ७९ जनाले मतदान गर्नु भयो।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने हुने छ भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगो लाग्ने छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनु भएको छ । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

मतदान सकिएको तीन घन्टाभित्र परिणाम सार्वजनिक हुने महाधिवेशनमा प्रयोग गरिएका भोटिङ मेसिन बनाएका राम÷लक्ष्मण इनोभेसन्सले जानकारी दिएको छ ।

एमालेका अधिकारीहरुका अनुसार सदस्यहरु घर फर्किनु भएकोे कारणले गर्दा कम मत खसेको बताउनु भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update