Kath Khabar
कमल थापालाई छ वटै प्रदेश अध्यक्षहरूको समर्थन

काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ । 

औपचारिक घोषणा सभा कार्यक्रममा छ वटै प्रदेश अध्यक्षहरूले समर्थन गर्नुभएको छ । प्रदेश नं १ का अध्यक्ष राम थापा, बाग्मती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापा, लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदय, कर्णाली प्रदेशका अध्यक्ष दीप बहादुर शाही, सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी लगायतका प्रदेश अध्यक्षहरूको सहभागी भएका थिए भने प्रदेश नं २ का अध्यक्ष भरत गिरी उपस्थिति नभए पनि कमल थापालाई समर्थन रहेको कुरा गिरीका निकटतम स्रोतले जानकारी दिएको छ । 

घोषणा कार्यक्रम पश्चात् लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले ऊर्जाशील नेतृत्व, गतिशीलता र वैकल्पिक शक्ति निर्माणको लागि वर्तमान समयमा उपयुक्त लागेको हुनाले हामी प्रदेशहरूले कमल थापालाई समर्थन गरेको कुरा बताएका हुुन् । घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ‘पार्टीलाई एकताबद्ध गर्न मलाई साथ हुने बताउनु भएको छ, ।’  
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update