Kath Khabar
सौराहामा एमालेले कति खर्च गर्दैछ दैनिक ?

 

काठमाडौं, मंसिर १३ । एमालेको महाधिवेशन आइतबारसम्ममा सकिने अनुमान गरिएको थियो । तर नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि कम्तिमा महाधिवेशन सोमबारसम्म लम्बिने देखिएको छ। आखिर एमाले महाधिवेशनमा दैनिक  कति खर्च भइरहेको छ त ?

एमाले सौराहाका ३  सयभन्दा बढि होटलमा ३५ हजारभन्दा बढि कोठामा त कार्यकर्ता बसेका छन् । २१ सय ७५ यस्ता महाधिवेशन प्रतिनिधिसँगै कम्तीमा अन्य चारजना कार्यकर्ता आएका छन् । जसको बसाइ सौरहामा ६ दिनभन्दा बढि हुने देखिन्छ ।

 सौरहामा एक जना ब्यक्तिलाई ब्रेकफास्ट र बेडका लागि एक दिनमा सामान्य रुपमा पनि ३ हजार रुपैयाँ खर्च हुन्छ । महाधिवेशनको सिलसिलामा १ हजार रुपैयाँ छुट पाएको मान्ने हो भनेपनि २ हजार कम्तीमा खर्च भएको अनुमान लगाउन सक्छौँ । यसरी हेर्दा कम्तीमा ८ हजारले दैनिक २ हजार खर्च गरेका छन् । यही आधारमा मान्ने हो भनेपनि कम्तीमा १ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

महाधिवेशन प्रतिनिधि र कार्यकर्ता होटलमा बस्दा नै ८ करोड रुपैयाँ बराबरको खर्च देखिन्छ । यसअघि उद्घाटन सत्रमा हेर्ने हो भने चितवन, मकवानपुर लगायतका नजिकैका जिल्लाबाट १० हजारभन्दा बढि कार्यकर्ता आएका थिए । यि सबैको खर्चसहित हेर्ने हो भने यो महाधिवेशनका लागि कम्तीमा पनि ३२ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

यसअघि नै मञ्चका लागि ५० लाख, मस्कटमा ३ लाख ५० हजार, झन्डामा २० लाख त सामान्य खर्च भएका उदाहरण हुन् । सर्वहारा बर्गको पार्टी भनेर राजनीति गरिरहेको एमालेले औपचारिक रुपमा यो महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च हुने जनाएको छ । तर यो खर्च वास्तविक होइन ।

सर्वहाराको नेतृत्व गर्ने पार्टीले व्यापारी तथा  ठेकेदारहरूको सहयोगमा गरिने यस्तो तामझामपूर्ण महाधिवेशनले तत्कालका लागि चितवनको अर्थतन्त्र चलायमान बनाएपनि अन्तत जनताको थाप्लोमा महँगी बढाउने निश्चित छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update