Kath Khabar
सर्वोच्चमा तोकियो गोला प्रणालीबाट पेसी,  १० इजलास गठन

काठमाडौं, मंसिर १५ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेशी तोकिएको छ। गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हटेको छ।

पहिलो दिन आज बुधबार मुद्दाको सुनुवाइका दुईवटा एकल इजलाससहित  कुल १० इजलास गठन गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। गोला प्रक्रियाबाट तोकेको संयुक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तान पर्नु भएको छ। न्यायाधीश मीरा खड्कालाई एकल इजलास तोकिएको छ। यी बाहेक अन्य ८ वटा संयुक्त इजलासमा दुई÷दुईजना न्यायाधीशले मुद्दाको सुनुवाइ गर्नु हुने भएको छ।

प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिएको हो । गोला प्रक्रियाद्धारा पेसी तोकिन भए सँगै पुहँचवालाको मुद्धालाई मात्र स्थान दिने पछिल्लो प्रचलन अब हट्ने  कानुन व्यवसायीको भनाई रहेको छ । यो एउटा न्यायिक सुधारको बाटो भएको हुदाँ अब सर्वसाधारणले समेत न्याय सहजरुपमा प्राप्त गर्न सक्ने कानुन व्यवसायीहरु बताउनु हुन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा इजलास बहिष्कार गर्दै आन्दोलित भएका न्यायाधीशको अगुवाइमा नियमावली संशोधन भएपछि गोला प्रणाली लागू भएको हो। गोला प्रणालीसँगै न्यायाधीशहरू बुधबारदेखि नियमित काममा फर्केका छन्।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update