माओवादी केन्द्रले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने

काठमाडौँ, मंसिर १७। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।
उपसमितिले आउँदो २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय सम्मेलनमा आउने हरेक सदस्यको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय