Kath Khabar
सत्तारुढ दलका शिर्ष नेतृत्वलाई मेलमिलापबाट अघि बढ्न परिवार दलको आग्रह

काठमाडौं, वैशाख २३ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक संस्कृतिको थालनी गर्न सुझाब दिनुुभएको छ ।

सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड-१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थलो परेको अबस्थामा सबैभन्दा बढी जनादेश प्राप्त दललाइ आन्तरिक द्धन्दमा समय बिताउने छुट हुदैन भन्दै अध्यक्ष ढकालले क्षमा प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीद्वय माधब कुमार नेपाल र झलनाथ खनाललाइ आग्रह गर्नुभएको हो । 

पूर्व मन्त्री समेत रहेका ढकालले कठिन समयमा आफुु हारेर पनि देश र र जनतालाई  जीताउने नेतृत्वनै इतिहासले कदर गर्ने बताउदै यो अवसर एमालेका शिर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि आग्रह गर्नुभएको भएको । नेपाल परिवार दलले नेकपा एमाले संग ३ बुदे सहमति गरि गत निर्बाचनमा सुर्य चिन्ह लिएर चुनाव लडेको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update