Kath Khabar
कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी हुनु भएको छ ।

आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाही ४२२ मत ल्याएर विजयी हुनु भएको हो । निर्वाचन अधिकृत अरुण पौडेलका अनुसार निकटतम प्रतिद्धन्द्वी संस्थापन इतर समूहका भुपेन्द्रजंग शाहीले ३१७ सय मत प्राप्त गर्नु भयो ।

उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेरदवार मोतिराज मबले सात मत प्राप्त गर्नु भयो । सभापतिको मात्रै मत परिणाम आएको हो । आइतबार बिहानदेखि अरु ४६ पदको पनि मतगणना हुनेछ ।

दुई उपसभापतिका लागि चारजनाको उम्मेदवारी परेको छ । कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिनु भएको छ।

यस्तै महामन्त्रीका दुई पदमा निरन्जन केसी, कृष्णबहादुर विसी, कृष्णकुमार रोकाय, खगेन्द्रबहादुर मल्ल र गोविन्द कोइरालाले उम्मेदवारी दिएका छन् ।

यस्तै सह–महामन्त्री पुरुषतर्फ दुई पदमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्याय ९जयस० को उम्मेदावरी परेको छ । सहमहामन्त्री महिलामा रामछायाकुमारी शाही र देविकाकुमारी सिंहले उम्मेदवारी दिएकी छन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update