Kath Khabar
राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे र महामन्त्रीमा धवल शम्शेर राणा विजयी

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा विक्रम पाण्डे  र महामन्त्रीमा धवल शम्शेर राणा विजयी हुनु भएको छ ।  निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डेले २५२१ र राणाले २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी हुनु भएको हो ।

पाण्डे कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी हुनु भएको छ ।

यस्तै राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठनु भएको थियो ।   महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी हुनु भएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update