Kath Khabar
कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा

विराटनगर, मंसिर २० । नेपाली कांग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।
    
यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update