Kath Khabar
कांग्रेस बागमती प्रदेशका सभापतिमा बानियाँ

मकवानपुर, मंसिर २० । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश  अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ  निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न  निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो ।  १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि  शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा  बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१  प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान  छ ।
आइतबार मतदान हुनुअघि सभापतिका अर्का  उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update