Kath Khabar
कांग्रेस लुम्बिनी प्रदेशमा पुन

रुपन्देही, मंसिर २० । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न  निर्वाचनबाट उहाँले  ८६७ मत प्राप्त गर्नुभएको थियो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।  

नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता हुनुहुन्छ भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी  विजयी हुनुभएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update