Kath Khabar
कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, मंसिर २५। शुक्रबारदेखि जारी रहेको नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ । 

सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी मनोनयनमाथि यदि कुनै दाबी वा विरोध भएमा वा नाम फिर्ता लिन चाहेमा भोलि आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको जनाइएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । 

महाधिवेशनमा मतदानका लागि ४ हजार ७४३ जना प्रतिनिधि निर्वाचित भएर आएको जनाइएको छ । यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार हुनुभएको छ ।  

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update