नेपाली कांग्रेस सभापति पदमा ६ जना नेताको उम्मेदवारी

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेस सभापति पदमा मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी परेको छ। काठमाडौंमा भैरहेको पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।
यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । वर्तमान सभापति शेरबहादुर देउवा सहित, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिर बस्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८ २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय