Kath Khabar
लैनचौरको चियापन कार्यक्रममा पौडेल र प्रधानमन्त्री देउवाबीच भेटवार्ता हुने

काठमाडौं, मंसिर २८ ।  कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएर रस्साकस्सी चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमका आयोजना गर्नु भएको छ । पौडेलले मंगलबार बिहान लैनचौरमा चियापान कार्यक्रम राख्नु भएको हो ।

 कार्यक्रममा देशभरका महाधिवेशन प्रतिनिधिहरू त छन् नै, प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी बन्नु हुनेछ । सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि मंगलबारै दोस्रो चरणको मतदान हुँदैछ ।

त्यसअघि पौडेलले आयोजना गरेको चियापानमा देउवा पनि सहभागी हुन लाग्नु भएको हो । निर्वाचन पछिको पौडेले र देउवाबीचको भेटवार्तालाई निक्कै महत्वका साथ हेरिएको छ । यस्तै पौडेलसँगको भेटलाई सभापति निर्वाचनको लागि देउवाको रणनीतिक चाल समेत हुन सक्ने कार्यक्रममा सहभागी एक अधिकारीले बताउनु भयो ।

यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध नाराबाजी भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update