Kath Khabar
वरिष्ठ नेता पौडेलले आयोजना गर्नुभएको चियापान कार्यक्रममा देउवाको विरोध, पौडेलेको पनि विरोध

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री एवं सभापति पदका उम्मेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ।

मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवा पुग्दा पौडेलका कार्यकर्ताले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका हुन्।

पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याएका थिए। देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी नै थियो। तर, सभापतिका अर्का उमेदवार शेखर कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकिएको थियो।

यस्तै कार्यक्रममा कार्यकर्ताहरुले पौडेलेविरुद्ध समेत नाराबाजी गरेका थिए । पौडेलले सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गर्नु भएको हो । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update