
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई नेता प्रकाशमान सिंह र विमलनेन्द्र निधिले सहयोग गर्नु हुने भएको छ । पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताउनु भयो ।
यसपटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एकपटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले सुजाता कोइरालासँगको छलफलमा अब हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
यस्तै अर्का नेता निधिले पनि देउवालाई सहयोग गर्ने बताउनु भएको छ ।
सोमबार भएको निर्वाचनमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ८१ मतले ५१ प्रतिशत नपुग्दा उनी विजयी हुन सकेनन् र पुनः आजै दोस्रो चरणको चुनाव गर्ने तयारी छ।
पहिलो चरणमा सबैभन्दा धेरै २२५८ मत ल्याएका शेरबहादुर देउवा र १७२९ मत ल्याएका डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।