Kath Khabar
कांग्रेसको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित



चितवन, पुस ५। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएको छ ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित हुनुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गर्नुभएको छ । सोही पदमा रहनुभएका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ । मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।
 

 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update