Kath Khabar
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक

काठमाडौं, पुस ६। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम हिजो सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिनुभएको थियो ।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

(रासस)

 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update