उद्योगी विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित, मधेसी कोटाबाट अरु कसले जिते?

काठमाडौं, पुस ६। अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुनुभएको छ। मधेशी कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उठ्नुभएका चौधरी २२०६ मत ल्याएर विजयी हुनुभएको हो ।
मधेशी आरक्षण कोटामा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ। अन्तिम मत परिणाम अनुसार अजय चौरसिया सबैभन्दा बढी दुई हजार ५२२ मत ल्याउँदै निर्वाचित हुनुभएको छ। यस्तै, चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रमोहन भने नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय