Kath Khabar
कोरोना कहरका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडौं, वैशाख २६ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा छ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । 

तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले हिजो वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आज आईतबार बिज्ञप्ती मार्फत जानकारी दिनुुभएको हो । 
परिस्थिति सहज बनेपछि अनुकूलता बहेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको जानकारी पनि प्रवक्ता पाठकले दिनुुभयो । उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्धत गर्ने निर्णय समेत गरेको उहाँको भनाई छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update