Kath Khabar
प्रदेश -२ को सभापतिमा देउवा समूहका कृष्णा राय यादव विजयी


महोत्तरी, पुष ९ । नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी हुनुभएको छ । उहाँले प्रदेश-२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको हो ।

कृष्णले ९ सय ९६ मत प्राप्त गर्नुभएको छभ भने रामसरोजले ८५५ मत पाउनुभएको छ । ३० मत भने बदर भएको छ । कृष्ण रौतहटका जिल्ला सभापति हुनुहुन्छ तथा  रामसरोज कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री  हुनुहुन्छ ।

रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवलाई देउवाको सहयोग थियो । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update