Kath Khabar
आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष क. प्रचण्ड दस्तावेज प्रस्तुत गर्नुहुँदै


काठमाडौं, पुस १२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज बिहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरिरहनुभएको छ ।

बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य क. कृष्णबहादुर महराको अध्यक्षतामा क. गिरीराजमणि पोखरेल, क. गणेश साह, क. पर्शुराम तामाङ, क. पूर्णाकुमारी सुवेदी, क. पर्शुराम रम्तेल र क. रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । हलबाट पारित अध्यक्ष मण्डलको बैठकले क. कृष्णबहादुर महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।

अध्यक्ष क. प्रचण्ड दस्तावेज प्रस्तुत गरिसक्नु भएपछि आजै स्थायी समिति सदस्य क. देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुहुनेछ। वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update