Kath Khabar
कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्ने

काठमाडौ, पुस १८। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update