Kath Khabar
विधान विपरीत कांग्रेस केन्द्रीय सदस्य भएको भन्दै विनोद चौधरी विरुद्ध आयोगमा उजुरी


काठमाडौं, पुष २२। केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै विनोद चौधरीविरूद्ध उजुरी परेको छ। उहाँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेकोले उक्त पद खारेजीको माग गर्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले उजुरी दिनु भएको हो  ।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१९८० मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था छ। तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गर्नुभएकोले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ । यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गर्नु भएको छ । विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update