Kath Khabar
नेकपा एमाले काठमाडौं जिल्ला अधिवेशन: १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दावी


काठमाडौं, पुस २२। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तराष्ट्रिय क्रिकेट मैदान मूलपानीमा एक लाख जनता उतार्ने बताउनुभएको छ।

काठमाडौं बानेश्वर स्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष राईले नेकपा एमाले काठमाडौं जिल्लाको छैटौ अधिवेशनमा काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दावी गर्नुभएको छ।

काठमाडौं जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र,११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्नेकाठमाडौं वासीहरुको सहभागिता रहने जानकारी दिदै अध्यक्ष राईले वर्तमान सरकार पाँच दलीय गठबन्धन नभई अदालत सहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्ष समेत गर्नुभएको थियो ।

नेकपा एमालेमा काठमाडौं जिल्लाका कुनै पनि राजनीतिक दलसँग खुल्ला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाडौं जिल्लाका ११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी पनि दिनुभएकोे थियो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, केशव स्थापित, रुपनारायण श्रेष्ठ, विद्या सुन्दर शाक्य, बिना श्रेष्ठ, सरिता न्यौपाने, शान्ति अधिकारी लगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।  


 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update