काठमाडौं, पुस २६। निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गरेको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले आजदेखि आचारसंहिता लागू गरेको हो ।
आयोगका अनुसार संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचार संहिता लाग्नेछ ।
निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्वाचन आयोगले निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको जनाएको छ । यदि उल्लंघन भएमा कानूनी कारवाही हुने पनि जनाएको छ ।