Kath Khabar
नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडौं, पुस २७। नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

उहाँले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।”

 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update