
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत गुमाए सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नु हुनेछ ।
प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत गर्नु भएको थियो ।
संसद सचिवालयले प्रधानमन्त्री विश्वासको मत गुमाएको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नु हुने छ ।
यसैबीच नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री शर्मा ओली पदमुक्त भएको बताउनु भएको छ । संसदमा मतदानपछि बाहिर निस्किने क्रममा उहाँले सो प्रतिक्रिया दिनु भएको छ ।
’प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङको भनाई छ ।