Kath Khabar
एमाले अध्यक्ष केपी ओली दम्पतिलाई कोरोना पुष्टि


काठमाडौं, माघ ९। नेकपा एमालेका अध्यक्ष केपी ओली दम्पतिलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ। पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै बालकोटस्थित निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सङ्क्रमण भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update