Kath Khabar
स्थानीय चुनावमा विद्युतिय भोटिङ्ग मेसिन प्रयोग गर्दै निर्वाचन आयोग

काठमाडौं, माघ २६। निर्वाचन आयोगले स्थानीय चुनावमा विद्युतिय भोटिङ्ग मेसिन प्रयोग गर्ने भएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

आर्थिक तथा प्राविधिक दृष्टिकोणले प्रयोग गर्न सक्ने देखिएमा काठमाडौं उपत्यकामा ‘इ-भोटिङ’ गराउन आयोग आवश्यक तयारीमा रहेको कुरा आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले स्थानीय चुनावमा पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको हो ।

निर्वाचन आयोगबाट गरिएको नमुना मतदान अभ्यास शनुसार कॉगजी मतपत्रमा मतदान गर्दा एक मिनेट २० सेकेन्ड समय लाग्ने देखिएको छ भने विद्युतीय मेसिनबाट मतदान गर्दा एक जनालाई कम्तीमा १७ सेकेन्ड समय लाग्ने देखिएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update