
काठमाडौं, फागुन ४। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधको कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।
यसैबीच प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिनु भयो ।
काठमाडौंको नयाँ बानेश्वर, विजुलीबजार, माइतीघरलगायत क्षेत्रबाट प्रदर्शनकारीहरू पक्राउ पर्नु भएको हो । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।