Kath Khabar
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी पक्राउ


काठमाडौं, फागनु ४। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्ने क्रममा नयाँ बानेश्वरबाट करिब ५० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।

संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न कार्यतालिका रहेको थियो । यो सँगै विभिन्न दलका कार्यकर्ताहरुले एमसीसी खारेज गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update