Kath Khabar
एमसिसी लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुनेछ ।  

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ। संसद्को बुधबारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।
 

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update